फाहियान चिनियाँ यात्री जसलाई फा-हियान वा फा-जियान पनि भनिन्छ,उनी एक चिनियाँ बौद्ध भिक्षु एवं यात्री थिए जसले चौथो र पाँचौं शताब्दीमा बौद्ध राज्यहरुको यात्रा गरेका थिए। उनले बौद्ध ग्रन्थहरूको खोजीमा नेपाल भारत श्रीलंका र जावाको यात्रा सकाएर पुन चीन फर्केका थिए।चीनमा बुद्ध दर्शनको प्रसारणमा फाहियानको यात्राले महत्त्वपूर्ण भूमिका खेलेको छ ।फाहियानको यात्रा विवरण मूल रूपमा चिनियाँ भाषामा थियो र यसलाई अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर जेम्स लेगीले अंग्रेजीमा अनुवाद गरेका थिए । फहियानको यात्रा वृत्तान्त जगनमोहन वर्माले हिन्दीमा अनुवाद गरेका छन्।
फाहियानको प्रारम्भिक जीवन
सबैभन्दा पहिले फहियानको नामको अर्थ बुझौं । चिनियाँ भाषामा फाको अर्थ धम्म र हियानको अर्थ गुरु हो । फाहियान भनेको धम्म गुरु हो ।फहियान चीनको उयाङ नामक ठाउँका बासिन्दा थिए र उनको जन्म त्यहीँ भएको थियो । फाहियानको बाल्यकालको नाम कुङ थियो । फाहियान बाल्यकालमा गम्भीर रोगबाट ग्रस्त थिए र यस कारणले गर्दा उनका बुबाले उनलाई भिक्षु संघमा पठाउनुभयो । फाहियान भिक्षु संघमा बसे, धम्मको ज्ञान सिके र समन बने ।
फाहियानले एक दिन त्रिपिटक पढ्दै थिए, जसमा विनयपिटक जुन अपूर्ण थियो।फाहियानले मनमा संकल्प गरे कि उनले बौद्ध राज्यहरुमा खोजेर विनयपिटक ल्याएर देशभर प्रचार गर्नेछु।
फाहियान चाङआनको बिहारमा थिए, जहाँ उनले तावचिङ, हेकिङ, हेइङ र हेवेईलाई भेटे । पाँच भिक्षुले मिलेर निर्णय गरे कि हामी सबै बौद्ध राज्यको तीर्थयात्रामा जाने र त्यहाँबाट त्रिपिटकका प्रतिहरू चिनमा ल्याएर देशभर प्रचार गर्ने । त्यहिबाट पाँच भिक्षुहरू मिलेर 399 ई. चाङआनबाट बौद्ध भुमीको यात्रा आरम्भ गरे।
यीनै महान चिनिया बौद्ध यात्रीले आफ्नो यात्राको क्रममा जे देखे जे भोगे ति सम्पुर्ण कुरा आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन।समकालीन समाजको राजनीतिक आर्थिक सामाजिक धार्मिक जनजीवनको स्पष्ट चित्र मिल्ने यस पुश्तक हाम्रो रोजाइमा परेकोले यसको अंग्रेजी अनुवाद र हिन्दी अनुवाद दुबैलाई अध्य्यन गरि नेपाली भाषामा अनुवाद र सम्पादन गर्ने जमर्को गरेका छौं ।आशा छ आज भन्दा करिब साँढे सत्र सय वर्ष अघिको बुद्ध धम्मको अवस्था,नेपाल र भारतको अवस्थाको ऐतिहासिक चित्र नियाल्नु पाउनुहुनेछ।साथै भित्र बुद्ध दर्शन माथिको ऐतिहासिक सवालको सपाट जवाफ पाउनुहुनेछ। तपाईहरुको प्रेरणादायी हौसलाको अपेक्षा सहित यो अंकबाट क्रमश पहिलो भाग हुँदै यात्रा विवरणको नेपाली भाषा अनुवादित/सम्पादित अंशहरु प्रश्तुत गर्ने जमर्को गरेका छौं।
प्रस्तुत छ।प्रसिद्ध चिनियाँ यात्री फाहियानको बौद्ध भुमीको यात्रा पुश्तकको नेपाली संस्करण।
पहिलो भाग
फाहियान चाङ्गानमा बस्ने गर्दथ्यो।।विनय पिटकको अपुर्णाताले उनी दु:खी थिए।उनले भारतमा गएर विनय पिटकको पूर्ण पाठ खोजेर चीन लिएर आउने संकल्प गरे।त्यो समय ह्वाङ्गचे शासनकालको दोश्रो वर्ष चलिरहेको थियो। फाहियानाले आफ्ना सहयात्रीहरु ह्वेकिंग,तावचिंग,ह्वेयिंग र ह्वेवीसंग मिलेर विनय पिटकको खोजीको लागि बौद्ध भुमीको यात्रा सुरुआत गरे।
चाङ्गानबाट हिँडेर लङ्ग हुँदै किन्क्वी जनपदमा पुगे र त्यहि वर्षबासको लागि रोकिए। किन्क्वीमा वर्षबास बिताएपछि उनीहरु नवतान तर्फ अगाडी बढे।अगाडी बढ्ने क्रममा याङ्गलो पहाड पार गरेर चाङ्गायी नाकामा पुगे।चाङ्गायी उनीहरुले अस्तव्यस्त अशान्त पाए। त्यहाँ हिडेर जान सम्भव थिएन।यद्यपी त्यहाको राजाले उनीहरुलाई सम्मानको साथ त्यहि राखे र दान पनि गरे। त्यहाँ बस्दै गर्दा उनीहरुसंग चेयेन,ह्वेकिन,साङ शाओ पाओयुन र साङकिङको भेट भयो।उनीहरु पनि उतै हिंडेका थिए।उनीहरुले वर्षबाससंगै बिताए।त्यसपछीको यात्रा त्यहाँको मुख्य नगर तुन्ह्वाङ्ग तर्फ सोझियो। त्यो नगर पुर्व पश्चिम ८० ली र उत्तर दक्षिण ४० ली फैलि
एको छ। त्यहाँ उनीहरु महिना दिन भन्दा बढी रोकिए।त्यसपछि फाहियान र उसका चार जना साथीहरुचाहिं पाओयुन लगायतको समूहलाई छोडेर एक जना दुत सहित अगाडी बढ्यो।
तुन्ह्वाङको शासकह्वाओले मरुभुमी पार गर्नको लागि बन्दोबस्ती मिलाइदिए।यतिकैमा उनीहरुले सुने कि त्यो मरुभुमीमा राक्षसी तातो हावाको तुफान चल्छ ,त्यहाबाट हिड्ने कोहि पनि बचेर आउन सक्दैन।मरुभुमीको आकासमा न कुनै चरा उड्छ न त जमिनमा कुनै जनावरनै देखिन्छ। जता हेरे पनि मरेको मान्छेको हड्डी बाहेक केहि देखिन्न ।जति नै प्रयास गर्दा पनि मरुभुमी पार गर्ने कुनै बाटो पहिल्याउन सकिदैन।
क्रमसः…
0 Comments