Ticker

6/recent/ticker-posts

Ad Code

म्यानमारमा नेपाली समुदाय

 म्यानमारमा नेपाली समुदाय 

                     
म्यानमारमा नेपाली समुदाय



        

                                   

दक्षिण पुर्वी एसियामा अवस्थित सुन्दर देश म्यानमार जसको पुरानो नाम म्यान्मा अर्थात बर्मा हो।म्यानमारको उत्तर पश्चिममा बंगलादेश भारत  उत्तर पुर्वमा चीन,पुर्व र दक्षिण पुर्वमा लाओस,दक्षिण र दक्षिण पश्चिममा बंगालको खाँडी रहेको छ।कुल क्षेत्रफल ६७६५७८ वर्ग किलोमीटर रहेको म्यानमारको कुल जनसंख्या भने करिब छ करोडको हाराहारी मात्र रहेको छ।विशाल भौगोलिक आकारमा फैलिएको म्यानमार एसियायी ठुलो राष्ट्रहरु मध्यकै एक हो।१९ औं शताब्दी तिर म्यानमारको आधुनिक इतिहास सुरु भएको मानिन्छ।यतिबेलाको म्यानमारले हाल भारतको मणिपुर र आसामलाई समेत आफ्नो भुगोलमा गाभेका थिए।


 बृटिस सेनाको  म्यानमार माथी भीषण आक्रमण


सन१८२४मार्च ५ तारिखको दिन बृटिस सेनाले म्यानमार माथी भीषण आक्रमण गर्यो।बृटिस साम्राज्यवाद विरुद्ध म्यानमारले एक वर्ष ११ महिना १९ दिन सम्म लगातार प्रतिरोध युद्ध लडिरहे।अन्तत अत्याधुनिक हतियार भएको अंग्रेज सेना सामु सन १९२६फेब्रुअरी २४ तारिखको दिन म्यानमारी सेनाले आत्मासमर्पन गर्नु पर्यो।यसरी म्यानमारले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउनु पुग्यो।

नेपालीहरु म्यानमारमा

म्यानमारमा नेपाली समुदाय


नेपालीहरु म्यानमारमा कहिले पुगेका थिए त भन्ने स्वालको जवाफमा यसको यकिन मिति थाहा नभए पनि यहि विश्व युद्धको क्रममा बृटिस सेनामा भर्ती भएर सन १८३५ तिर नेपालीहरु म्यानमार छिरेका थिए।
        बर्मा गए पनि कर्म संगै जान्छ भने उखान जस्तै नेपालबाट करिब ३००० किलोमीटर टाढा रहेको सुन्दर देश म्यानमारमा नेपाली मुलका गोर्खालीहरु ठुलो संख्यामा बस्दै आएका छन।बृटिस सेना मार्फत म्यानमार पुगेका नेपालीहरुको संख्या आज १ लाखको हाराहारी कसरी पुग्यो त?
आउनुहोस् यसबारे चर्चा गरौं।
विश्व युद्ध ताका म्यानमार पुगेका गोर्खाली सैनिकहरुले बर्मा देशको सुन्दरता उर्वर भुमि र सहज प्रवेशबारे नेपालका आफन्तहरुलाई सन्देश पठाउन थाले।बृटिस शासन भएकै कारण म्यानमारमा नेपालीहरुलाई प्रवेश गर्न सहज थियो।
म्यानमारमा नेपाली समुदाय

एरावती नदि किनार नेपाल देश जस्तै पहाडी भु-बनोट र उर्बर माटो नेपालीहरुको रोजाइमा पर्यो।नेपालीहरु म्यानमारको तमु,म्यान्डले,म्योम्यो,मोगुक,कचिन र यागुन लगायतको ठाउँहरुमा बसोबास गर्न थाले।उर्बर भुमी घाँसपात सजिलै पाइने र खेती गर्न जमिन किन्न नपर्ने देखे पछि नेपालीहरुले त्यहि बाँजो जमिनमा कृषि कर्म गर्न थाले।गाइबस्तु पाल्ने र खेतीपाती गर्न थाले।कडा परिश्रम गर्ने इमानदार मिजासिलो स्वभावका नेपाली मानिसहरुलाई स्थानीय बर्मेलीहरुले आफू जस्तै ठानेर मायालु व्यबहार गर्न थाले।अर्थात गोर्खाली नेपालीहरुलाई बर्मेली समाजले रातो कार्पेट ओछ्याएर गर्यो।यसरी दोस्रो विश्व युद्ध अघि नै नेपालीहरु म्यानमारमा बस्न सुरु गरिसकेका थिए।कलकत्त ,अण्डामान,मणिपुरको मुढेगाउँ हुँदै नेपालीहरु म्यानमार पुगेका थिए।
म्यानमारमा नेपाली समुदाय


त्यति बेला सम्म बर्मेलीहरु मक्खन र घ्यु बनाउन जान्दैन थिए।गोर्खालीहरु त्यहाँ पुग्ना साथ त्यही काम सुरु गर्न थाले।मुख्यतया म्यानमारको पहाडी सहर म्यो म्योका गोर्खालीहरुले ठुलो मात्रामा मख्खन  र घ्यु  उत्पादन गर्न सुरु गरे।त्यसका लागि म्योम्योका तत्कालीन गोर्खाली नेपालीहरु इन्द्र खरेल,थानेस्वर घिमिरे,लक्ष्मीप्रसाद प्रधान,शोभाकर पाण्डे लगायतले लगानी गरेर म्योम्यो बटर हाउसनै स्थापना गरेका थिए।
म्यानमारमा नेपाली समुदाय


त्यस पछि गाउँ गाउँबाट दूध संकलन हुन थाल्यो।गोर्खाली उत्पादनहरु यति लोकप्रिय भए कि बर्मेली मात्र होइन उच्च ओहादाको कर्मचारी र सेनाको समेत रोजाइमा परे।त्यसपछि गोर्खालीहरु म्यानमारको ब्यापारी क्षेत्रमा समेत स्थापित हुन थाल्यो।बर्मेली सेनामा भर्ती भएर उच्च ओहदामा पुगे।यसैबीच बृटिस साम्राज्यको विश्वव्यापी पतनसंगै सन१९४८ म्यानमार स्वतन्त्र राष्ट्रको रूपमा मुक्त भए।त्यसपछि नेपालीहरुले अन्य ब्यापारिक क्षेत्रमा समेत प्रवेस गर्न थाले।उनीहरुले बहुमुल्य रुबी र मुगा जस्ता रत्नको ब्यापार गर्न थाले।
म्यानमारमा नेपाली समुदाय

बर्माको सबै ब्यापारिक क्षेत्रहरूमा गोर्खालीहरु जम्न थाले।यसरी एकाथरी गोर्खाली नेपालीहरु कृषि र ब्यापारीक क्षेत्रमा एकैसाथ सान्दार प्रवेश गर्दै थियो भने अर्को तर्फ म्यानमार भने आन्तरिक किचलोका कारण चरम राजनीतिक संकटमा फस्दै थियो।राजनीतिक संकट गहिरिदै जाँदा सन १९६१ मा म्यानमारका सेनाले सैन्य कु मार्फत शासन सत्ता आफ्नो हातमा लिए।यसरी सम्पुर्ण शासन सत्ता आफ्नो हातमा लिएका सेनाले सन १९६३ मा सबै निजी  सम्पत्ति राष्ट्रियकरण गरिदियो।जसलाई सैनिक सत्ताले बर्मेली मौलिक समाजवादको ब्याख्या गरे।यो निर्णयले भर्खरै कृषि तथा ब्यापारीक क्षेत्रमा प्रवेश गरेका गोर्खालीहरु प्रत्यक्ष रूपमा मारमा परे।म्यानमारमा सैनिक शासन भए पनि गोर्खालीहरुलाई बर्मेली सरहनै व्यबहार गरिन्थ्यो।
म्यानमारमा नेपाली समुदाय


उनीहरुले योग्यता अनुसार चाहेको क्षेत्रमा काम गर्न पाउँथे।म्यानमार सेनामा १३ वर्ष काम गरेर नेपाल फर्किएका हाल रुपन्देही छप्कैयाँ बस्ने ७६ वर्षीय बीरबहादुर थापा बर्मेली राष्ट्रिय सेनाको उच्च ओहदामा नेपालीहरु पुगेको बताउछन् ।सन् १९६१मा राजा महेन्द्र म्यानमार भ्रमणमा निस्किएका थिए।त्यही बेला बर्मेली नेपालीहरुले राजा महेन्द्रसंग भेट्ने अबसर पाए।राजा महेन्द्रले नेपाल फर्कन चहानुहुन्छ भने आउनु हामी रोजगार र जग्गा उपलब्ध गराउँछौं भनेर वचन दिएपछि धेरै बर्मेली नेपालीहरु स्थायी रूपमा नेपाल फर्किए।यद्यपि बर्मा सरकारले भने कुनै पनि नेपालीलाई देश निकाला भने गरेका थिएनन्।ठुलो संख्यामा उनीहरू स्वत स्फुर्त रुपमा नेपाल फर्किए र पुर्वको मोरङ देखि पश्चिमको भैरहवा सम्म फैलिएर बस्न थाले।त्यसबेला करिब १लाख नेपालीहरुले बर्मा छोडेर नेपाल भित्रीएका थिए ।बर्मेली सैनिक शासन बिच कैब ८० हजार नेपालीहरु थाइल्यान्ड छिरे र स्थायी रुपमा बसोबास गर्न थाले।यसरी आजको मिति सम्म आइपुग्दा म्यानमारमा करिब १लाख हाराहारीमा नेपालीहरु बसोबास गरिरहेका छन् ।नेपालबाट हजारौं किलोमीटर टाढा रहेर पनि आफ्नो भाषा संस्कृति भुलेका छैनन् ।नेपाली चाडपर्वहरु मनाउछन् ।जन्म देखि मृत्यु सम्म सबै नेपाली संस्कार अनुसार गर्छन्।सयौं वर्ष पहिले नेपाल छोडे पनि नेपाली मौलिक संस्कृतिलाई जस्ताको तस्तै जोगाएर राखेकाछन।यो आम नेपाली समुदायको लागि गर्वको विषय हो।हिन्दु र बौद्ध संस्कृतिमा देवि देउता पुज्दै मिलेर बसेका नेपालीहरुको बर्मेली समाजमा पनि उच्च सम्मान छ।

Post a Comment

0 Comments